शिक्षकहरुको आन्दोलन आज पनि जारी 

सोमबार, वैशाख ८, २०८२
मयुर प्लाई

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमवार पनि काठमाडौंमा प्रदर्शन भएको हो ।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जानकारी दिएका छन् । 
उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् । शिक्षकहरु गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार