राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारी विधेयकका बारेमा छलफल हुँदै

सोमबार, वैशाख ८, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसदका २ समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने भएको छ । जुन बैठक अपरान्ह १२ः४५ बजे देखी सुरू हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार