कलंकीमा रहेको नेसनल अस्पतालले महानगरलाई बुझायो एक लाख जरिवाना

आइतबार, चैत ३१, २०८१
Global Ime Bank

कलंकीमा रहेको नेपाल नेसनल हस्पिटलले जोखिमपूर्ण फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि काठमाडौं महानगरले तोकेअनुसारको एक लाख जरिवाना तिरेको छ । महानगरले पटक–पटक अनुगमन गरेर सुधारको मौका दिँदा पनि अस्पतालजन्य फोहोर व्यवस्थापनमा जिम्मेवार नबनेपछि जरिवाना तोकिएको थियो । अनुगमनका क्रममा यसपटक अस्पतालको फोहोरले असर गरेको स्थानीयको उजुरीपछि २० चैतमा जरिवानापत्र पठाइएको थियो । जरिवानाको पत्र पठाएपछि अस्पतालले २९ चैतमा महानगरपालिकाको राजस्व खातामा जरिवाना रकम दाखिला गरेको हो । ‘एकपटक होइन, दुईपटक होइन । पटक–पटक सुधारको मौका दियौँ । जति भने पनि हस्पिटलले सुधार गरेन,’ महानगरपालिकाका वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘सुधारको अवसर उपयोग नगरेपछि काठमाडौं महानगरपालिकाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना गरेका हौँ ।’

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार