Dashain Banner
Dashain Banner

लपुमनपा–२३ नं. का वडासचिव महेन्द्र खड्काको विदाई (भिडियो)

शुक्रबार, चैत २९, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगर २३ नं. वडाले वडा सचिव महेन्द्रकुमार खड्काको विदाई गरेको छ । महानगरपालिकाले वडा सचिवहरूको सरुवा गर्ने क्रममा २३ नं. वडाको सचिवमा रुपमा कार्यरत खड्कालाई महानगरकै वडा नं. १० मा पठाएको छ । खड्काको स्थानमा महानगरले हुमनाथ पौडेललाई सचिवका रुपमा पठाएको छ । सचिव खड्कालाई वडा अध्यक्ष जीवन महर्जन, वडा सदस्यहरू मधु श्रेष्ठ सिंह ठकुरी, सानुमाया विक, किरण खड्का, राजन मल्ल ठकुरी तथा कर्मचारीहरु सुमित विष्ट, सावित्रा गौतम, रिजेश खड्का, दिनेश मण्डल, मनिषा महर्जनले विदाई गर्नु भएको हो ।

Ma-1744355408.jpg
वडासचिव खड्कालाई वडा अध्यक्ष जीवन महर्जनले खादा तथा मायाको चिनो प्रदान गरी विदाई गर्नु भएको थियाे । विदाईको क्रममा वडाअध्यक्ष जीवन महर्जनले सचिव खड्काको कार्यकालमा वडा कार्यलयमा सहज ढंगले काम गरिएको स्मरण गर्नुभयो । वडा सचिव खड्काले पनि जनप्रतिनिधि तथा कर्मचारीहरूले आफू यहाँ सचिवका रुपमा कार्यरत रहँदा अत्यन्तै सहयोग गर्नु भएको भन्दै धन्यवाद दिनुभयो । 

ma1-1744355410.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार