Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

शुक्रबार, चैत २२, २०८१

काठमाडौं। सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो। प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर र भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार