मुख्यमन्त्री राउतद्वारा हरित प्रदेश अभियान शुभारम्भ

प्रदेश २ मा साढे १४ लाख बिरुवा रोपिँदै
मंगलबार, असार १५, २०७८

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान—२०७८ को शुभारम्भ गरेका छन् । डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–४ पुष्पलपुरमा आयोजना गरेको कार्यक्रममा उनले बरपिपलको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री राउतले अभियानको शुभारम्भ गरेलगतै प्रदेशको आठै जिल्लामा एक साथ वृक्षारोपणको शुरुवात भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर शुभारम्भ गरिएको सात दिवसीय अभियानअन्तर्गत आठ वटै जिल्लाको कूल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए । अभियानको शुभारम्भका लागि आठ वटै जिल्लामा प्रदेश सरकारका मन्त्री एवं राज्यमन्त्रीहरु पुगेका थिए । सप्तरीमा समाजिक विकासमन्त्री नवलकिशोर साह, सिरहामा अर्थमन्त्री विजयकुमार यादव , महोत्तरीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहा, सर्लाहीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रकुमार सिंह, रौतहटमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव तथा पर्सामा उर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले अभियानको शुभारम्भ गरे । 

दाङमा राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु

डिभिजन  वन कार्यालय दाङले तुलसीपुर र घोराहीमा वृक्षरोपण गरी राष्ट्रिय वृक्षरोपण सप्ताह शुरु गरेको छ ।  घोराहीस्थित  मित्र सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरिएको करिव १० कठ्ठा जग्गा खाली गराइ यो वर्षको वृक्षरोपण अभियान थालिएको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिए । सो सामुदायिक वनको अतिक्रमण हटाइएको क्षेत्रमा टिक, खयर, मसला, सिसौ, लहरे पिपल प्रजातिका ४ सय ५० बिरुवा  रोपिएको छ । तुलसीपुरस्थित  मेट्रो कलेजको जग्गामा पनि वृक्षरोपण गरिएको छ । त्यहाँ फलफूल तथा  सौन्दर्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । वन  कार्यालय दाङले यस वर्ष जिल्लाका विभिन्न स्थानमा तीन लाख बिरुवा रोप्ने कार्यक्रम रहेको  जनाएको छ जसमा एक लाख जडिबुटी र दुइ लाख काष्ठ तथा बहुउद्येश्यीय प्रजातिका बिरुवा रहेका छन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार १५, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार १५, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार १५, २०७८