प्रवेशाज्ञा प्रणालीमा नयाँ फड्को

क्यूआर कोडसहित प्रिन्टेड भिसा प्रणालीको सुरुवात 
सोमबार, असार १४, २०७८

काठमाडौँ । सरकारले लामो समयदेखि विदेशी नागरिकलाई प्रदान गर्दै आएको हस्तलिखित प्रवेशाज्ञा प्रणालीलाई विस्थापन गर्दै विद्युतीय बनाएको छ । अध्यागमन विभागले विदेशी नागरिकलाई  विगत ४५ वर्षदेखि हस्तलिखित प्रवेशाज्ञा उपलब्ध गराउँदै आएको थियो । विभागमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको ‘प्रिन्टेड भिसा प्रणाली’को शुभारम्भ गरे ।  क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टलले नै भिसा गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने  र कम्प्युटरबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रबाह छिटो छरितो हुने विभागको भनाइ छ ।
कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोडामा भएको विवरणका आधारमा पत्ता लगाउन सकिन्छ । विदेशी मूलुकका अध्यागमन विन्दुहरुमा पासपोर्ट हेर्ने क्रममा नेपालको भिसा अन्य देशहरुसंग मिल्दो जुल्दो हुने भएको कारण राष्ट्रिय स्वाभिमान अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ । सरकारी सेवालाई विद्युतीय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा पुग्ने गृहमन्त्री पौडेलको भनाइ थियो ।
उहाँले प्रवेशाज्ञामा गरिएको प्रविधियुक्त सुधारले  नेपाली भिसालाई अन्तराष्ट्रिय स्तरमै विश्वसनीय, सुरक्षित र गुणस्तरीय बनाउन बल पुग्ने र नेपालको राष्ट्रिय सुरक्षा प्रणालीमा समेत सकारात्मक योगदान दिने उल्लेख गर्नुभयो । कार्यक्रममा गृह सचिव, विभागका महानिर्देशकलगायतको उपस्थिती रहेको थियो ।—रासस

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असार १४, २०७८