सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा सेवानिवृत्त भएका छन् । ललितपुर महानगरपालिकामा २४ वर्ष ३ महिना बिताएका ओझालाई सोमबार महानगरका प्रमुख चिरीबाबु महर्जन,कर्मचारीहरु, महानगरको विकास तथा शुसासन समिति, विधायन समिति लगायतका समितिले बिदाई गरे । ललितपुर महानगरमा सेवा सुरु गर्नु अघि ओझाले सरकारका अन्य विभिन्न निकायमा काम गरेका थिए । ओझालाई टिका, माला र मायाको चिनो प्रदान गर्दै महानगरप्रमुख महर्जनले ओझा आफ्नो जिम्मेवारी र अडानमा प्रतिबद्ध रहेको बताउँदै त्यसबाट आफू प्रभावित भएको बताए । उनले सेवा निवृत्त भएपछिको समयमा समेत सक्रिय हुन आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सेवा निवृत्त हुनु स्वभाविक प्रक्रिया भएको बताए । सेवा निवृत्त भएपछिको समयलाई व्यवस्थित र उपलब्धिमूलक बनाउनुपर्ने उनको भनाई थियो ।
ललितपुर महानगरपालिकाको विभिन्न शाखा र महाशाखाको नेतृत्व गरेका श्रीभद्र ओझा गएको तीन सामान्य प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारीमा थिए । नेतृत्वदायी पदको जिम्मेवारीमा रहनु चुनौती र अवसर दुबै भएको बताउँदै ठूलो र जेठो नगरपालिकामा काम गर्दा संगालेका अनुभव तिताभन्दा मिठा धेरै भएको बताए । ओझाले निजामति कर्मचारी र स्थानीय तहका कर्मचारीबीच समन्वय गरी आफूले काम गरेको बताए । उनले भने, ‘ वास्तवमा त्यो भूमिका महत्वपूर्ण थियो, सबै साथीहरुको साथ र सहयोगले त्यो संभव भएको हो । ’ कार्यक्रममा महाशाखा प्रमुखहरु, अन्य कर्मचारी लगायतको उपस्थिति थियो ।