क्रिकेटर सन्दिप लामिछानेद्वारा पहिरोपीडितलाई सहयोग

सोमबार, असार १४, २०७८

सिन्धुपाल्चोक । नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् । आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद् व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिए । त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असार १४, २०७८