ललितपुर महानगर २८–२९ वडाद्धारा हरिसिद्धि माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न (भिडियाे)

शनिबार, चैत ९, २०८१
Global Ime Bank

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २८ र २९ को संयुक्त आयोजना तथा बीएण्डबी अस्पताल ग्वार्काे ललितपुरको प्राविधिक सहयोगमा आज हरिसिद्धि माध्यामिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  शिविरमा सुगर, प्रेसर, दम सम्बन्धी सेवा, महिलाको प्रसुति तथा स्त्री रोग सम्बन्धी सेवा, नाक, कान, घाँटी सम्बन्धि सेवा, दाँत सम्बन्धि सेवा, छाला तथा यौन रोग सम्बन्धी सेवा, हाडजोर्नी तथा नशा सम्बन्धी सेवा, मुटुरोग सम्बन्धी सेवा, बाल रोग, फिजियोथेरापी सेवा, प्लास्टिक र कस्मेटिक शल्यक्रिया सम्बन्धी सेवा दिइएको थियो । यस्तै शिविरमा वडावासीलाई ब्लड सुगर र औषधि वितरण, इसिजि, युएसजी सेवा पनि दिइएको थियो । 

sib-1742642032.jpg
बिहान ९ बजेबाट सुरु भएको शिविर साँझ ४ बजेसम्म जारी रहने ललितपुर महानगर २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । वडाले वडावासीको स्वस्थ्यका लागि अलग अलग कार्यक्रम ल्याएको जनाउँदै टोल टोलमा सुगर प्रेसरको जाँच गर्ने कार्य पनि छिट्टै सुरु गर्ने बताउनुभयो ।  स्वास्थ्य शिविरका बारेमा ललितपुर महानगर २९ नं वडाका वडाअध्यक्ष गणेशकुमार महर्जनले दुईवटा वडाको संयुक्त आयोजनामा आयोजित यो शिविरमा ६–७ सय वडावासीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

si-1742642034.jpg
आफूहरूले बीएण्डबी अस्पतालसँग सम्झौता गरी वडावासीलाई अस्पतालमा उपचार गराउँदा २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको उहाँले बताउनु भयो । बीएण्डबी अस्पतालकी मीनु सिंहले हरिसिद्धिमा आफूहरू अलग्यै लगाब रहेको जनाउँदै यस्ता शिविर बेला बेलामा आयोजना गरिने गरिएको जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका स्थानीय वडावासीले महानगरका दुवै वडाले आफूहरुको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम लाएको भन्दै जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । शिबिरमा बीएण्डबी अस्पतालले १९ जना चिकित्सक टोलीसहित ५६ जना कर्मचारीले सेवा दिएका थिए । स्वास्थ्य शिविरमा महानगर २८ नं. वडाका वडाअध्यक्ष बीरेन्द्र महर्जन, कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन, वडा सदस्य सिद्धिराम महर्जन, दलित महिला वडासदस्य लक्ष्मी परियार, वडा नं. २९ का वडाअध्यक्ष गणेशकुमार महर्जन, वडासदस्य वीर गोविन्द महर्जन, वडासदस्य मन माया महर्जनसहित दुवै वडाका कर्मचारीहरूले सहजिकरण गर्नु भएको थियो । 

sibi-1742642034.jpg
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार