वर्षाका कारण सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक अवरुद्ध

सोमबार, असार १४, २०७८

सर्लाही । सर्लाहीको उत्तरी क्षेत्रका अधिकांश सडक लगातारको वर्षासँगै अवरुद्ध भएका छन ्। केही दिनयता पानी पर्ने क्रम बढेसँगै खोलाको बगर र चुरे क्षेत्रका गोरेटो बाटाहरू अवरुद्ध भएका छन । सडक नपुगेको चुरे क्षेत्रका नागरिक हरेक वर्षको बर्खायामका केही महिना कष्टपूर्ण दिनचर्या बिताउन बाध्य हुँदै आएका छन् । पूर्वपश्चिम लोकमार्गमा पर्ने लालबन्दी, हरिवन, बागमती र ईश्वरपुर नगरपालिकाका उत्तरी चुरे क्षेत्रमा पर्ने बस्तीहरूमा सडक अवरुद्ध हुँदा आवतजावत गर्न समस्या हुने लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष सुबाई सिंह ब्लोनले बताए । जेठ महिनाको अन्तिमसाता यता निरन्तर वर्षा भइरहेकोले खोलाको आसपास र तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बस्तीमा बाढी पस्ने डरले नागरिकहरू त्रसित भएका छन् । अघिल्लो वर्षको बर्खामा बागमती, लखन्देही, फूलजोर खोलाको बाढीले सयौं बिगाहा खेतीयोग्य जमिन कटान गरेको थियो। वर्षायाममा बाढीका कारण आइपर्ने विपद् व्यवस्थापनमा कुनै पनि स्थानीय निकायले प्रयास समेत नगरेका स्थानीयको गुनासो छ ।–रासस
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असार १४, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असार १४, २०७८