गोदावरी नगरपालिका ‘योग नगर’ घोषणा

मंगलबार, फागुन २७, २०८१
मयुर प्लाई

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका आजदेखि ‘योग नगर’ भएको छ । बज्रबाराहीस्थित नगरपालिकाको कार्यालयमा आज बिहान आयोजित एक औपचारिक कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री एवम् संघीय सांंसद उदय शमशेर राणाले योग नगर घोषणा गरेका हुन् । नगर प्रमुख महर्जनले नगरबासीलाई मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न योग नगर घोषणा गरेको बताए । उनले भने, “योग गर्नका लागि पूर्वाधारहरू तयार छ, बिहान दुई घण्टा पार्टी प्यालेस, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवनमा पनि योग गर्न सकिन्छ, त्यसका लागि समन्वय गरिएको छ ।’ 

482737227_631198029542707_5720738161654352894_n-1741706301.jpg
संघीय सांसद उदय शमशेर राणाले प्रत्येक दिन योग गर्ने गरेको बताए । उनले भने, “योगले शारीरिक मात्रै होइन मानसिक शान्ति समेत प्राप्त हुन्छ ।” योगले मानिसलाई दिनचर्यालाई अनुशासित बनाउँदै आफ्नो अनुभव सुनाए । भने, “म प्रत्येक दिन बिहान दुईघण्टा योग गर्छुु, यसले आफ्नो दिनचर्या र जीवन नै व्यवस्थित हुने रहेछ । ”
पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारि लवदेवmले गोदावरी नगरपालिकालाई योग नगर घोषणा गरेकोमा नगरका पदाधिकारीलाई शुभकामना दिँदै पतञ्जलि योग ट्रष्ट हरिद्धारका अध्यक्ष स्वामी रामदेवको शुभकामना बाचन गर्दै नगर प्रमुख गजेन्द्र महर्जनलाई हस्तान्तरण गरे । यस्तै पतञ्जलि योग समिति, बागमती प्रदेशका अध्यक्ष ग्रुबेन तौजलेले आचार्य बालकृष्णको शुभकामना सन्देश बाचन गर्दै नगरप्रमुखलाई हस्तान्तरण गरेका थिए । 
गोदावरी नगरपालिका योग नगर घोषणा समितिका संयोजक पुष्पराज घिमिरेले नगरपालिका भित्र भइरहेको योगका विषयमा चर्चा गरेका थिए । 

Gonapa-1741747375.jpg

482843218_1358189265316856_3980128910320840262_n-1741706301.jpg

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार