स्वास्थ्य सचिव बढुवामा वरियता मिचेको भन्दै सांसद डा. तोसिमाको आपत्ति

शुक्रबार, फागुन २३, २०८१
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा। संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै यस्तो किन गरियो रु भनेर प्रश्न गरेकी हुन् ।  उनले भनेकी छन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयको सचिवका लागि सिफारिस र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा। संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । यस्तो किन गरियो ? पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो ? कि महिला नेतृतव स्वीकार नगरिएको हो ? सरकारसँग संसदले जवाफ माग्नुपर्छ ।’
यस्तो छ सांसद डा. कार्कीको सम्बोधन 
संविधानमा लैङ्गिक समानताको धारा त राख्यौ तर राज्यले महिला माथि हेर्ने दृस्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ । सिफारिसको आधारमा वरिस्टताको आधारमा एक नं. मा हुनु भएकी डा. संगीता मिश्रालाई हटाएर अर्कोलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो । पुरुष मन्त्रीले महिला सचिवसँग कम नै गर्न नसक्ने हो कि महिला नेतृत्व स्वीकार नगरिएको हो । प्रधानमन्त्रीज्यू, स्वास्थ्यमन्त्रीज्यू र सामान्य प्रसाशन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नु पर्छ । म सभामुख महोदय मार्फत माग गर्दछु । संविधानमा आमाको नाम बाट नागरिकता दिने प्रावधान त गरियो तर विधेयक ल्याउदै गर्दा बुबाको ठेगाना नभएमा, लापता भएमा सोघोसणा गरिएमा भन्ने जस्तो प्रावधानहरु सर्तहरु राखियो जुन सम्मान छैनन् । २५ जनाको मन्त्री मण्डलमा ३३ प्रतिशत भन्दा पनि नपुग्ने गरिकन ३ जना मात्र महिला मन्त्री अटाईन्छ । निर्वाचनहरुमा महिलाहरुलाई जानाजान उप र सह पदमा मात्र टिकट दिईन्छ । प्रत्यक्ष्यबाट नभई समानुपातिकबाट महिलाको संख्या पुर्याउनलाई मात्र महिलालाई संसद बनाईन्छ । प्रतिनिधि सभा नियमावलीमा महिला संसद समन्वय समिति ककस बन्ने भनेर ३ वर्ष अघि लेखिएको तर यो संसदले आज सम्म महिला ककस बनाउदैन । संसदीय समितिका सभापति मध्येबाट ३३ प्रतिशत महिला सभापति हुनुपर्छ भनेर यसै प्रतिनिधि सभाको नियमावलीमा लेखिन्छ तर आज सम्म यो पालना पनि हुँदैन । अज कतिवटा उदाहरण प्रस्तुत गराऊ यो राज्यले महिला माथि गरेको विभेदको यो विसयमा सत्ता पक्ष र प्रति पक्ष भएर होइन अब सम्पूर्ण महिला संसदहरुले तमाम नेपाली महिलाहरुको सामाजिक, राजनैतिक र व्यावसायिक अधिकारका लागि लड्ने बेला आएको छ । भोलि अन्तरास्ट्रिय महिला दिवसमा सम्पूर्ण महिला संसदहरुको तर्फ बाट अनुरोध गर्दछु राज्यले गरिरहेको यी तमाम विभेदहरुलाई सच्याएर लैङ्गिक समानताको उदाहरण यो संसदले प्रस्तुत गरोस । महिला समानताको नारा मात्र होइन अभिभारा यो राज्यले बोकोस । यो सुरुवात यसै संसदबाट सिंहदरवारबाट गरियोस । स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा. विकासलाई सचिव बढ्वा गरेको थियो ।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार