Dashain Banner
Dashain Banner

ललितपुर महानगर २४ नं. वडाका महिलालाई कानुनी सचेतना कार्यक्रम (भिडियो)

सोमबार, फागुन १९, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका न्यायिक समितिले महानगरको २४ नं. वडाका महिलाहरूलाई दुई दिने कानुनी सचेतना कार्यक्रम आयोजना गरेको छ ।  महानगरको २४ नं. वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्रचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो । वडाअध्यक्ष दिनेश जङग पाण्डेको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन महानगरपालिका कानुन महाशाखा प्रमुख खगेन्द्र वस्तीले गर्नु भएको थियो । सहभागी महिलाहरूलाई कानुन महाशाखा प्रमुख वस्तीले घटना दर्ता तथा अधिवक्ता पुरुषोत्तम ढुङगानाले परिवारिक कानुन अंशबण्डा, अपुतालि जस्ता विषय तथा महा, न्यायिक समितिले हेर्न मिल्ने विवादका विषयहरूलाई समेटेर प्रस्तुतिकरण दिनु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्यले तालिममा थाहा पाएका कानुनी कुराहरू आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्ठ्यारामा परेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायिक समितिमा जानकारी दिन आह्वान गर्नुभयो । कार्यक्रमका सभापति दिनेश जंग पाण्डेले सानातिना मुद्दाहरू गाउँमै न्यायिक समितिमार्फत मेलमिलाप गर्न सहज हुने धारणा राख्नुभयो । तालिम उद्घाटन सत्रमा वडा सदस्यहरु इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जनको उपस्थिति रहेको थियो । तालिमको दोस्रो दिन न्यायिक समितिले हेर्ने विषयवस्तुका बारेमा सहभागी महिलालाई जानकारी गराइने कानुन महाशाखा प्रमुख वस्तीले शब्दपाटीलाई जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार