स्नेहाज केयरले गर्‍यो बधशालाबाट भागेको राँगाको उद्धार

आँखा र निधारमा गम्भीर चोट,सेल्टरमा राखेर राँगाको उपचार
बिहीबार, फागुन १५, २०८१
मयुर प्लाई

ललितपुर।  पशु कल्याणकारी संस्था स्नेहाज केयरले बधशालाबाट ज्यान जोगाएर भागेको राँगाको उद्धार गरेको छ । बधशालामा बध गर्नका लागि घन प्रहार गर्दै गर्दा पीडाले छट्पटिएर भागेको राँगाको बिहीबार स्नेहाज केयरले उद्धार गरेको हो । उद्धारका स्नेहाज केयरलाई खबर आए लगत्तै केयरको उद्धार टोली घटनास्थल पुगेको स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहाज श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘डिभिजन वन कार्यालयका डा. आशुतोष भट्ट र महानगर प्रहरीका प्रहरी निरिक्षक प्रकाश पण्डितले उद्धारका लागि खबर गर्नुभयो,त्यसपछि हाम्रो टोली त्यहाँ पुग्यो । ’ राँगाको आँखाको माथि र निधारको भागमा धन प्रहारबाट गहिरो चोट लागेको छ । श्रेष्ठले भनिन्, ‘हामीले भैँसीपाटीस्थित केयरको सेल्टरमा राखेर राँगाको उपचार गरिरहेका छौँ । ’animal-2-1740661753.JPG
 

वसन्तपूरबाट त्रिपुरेश्वर हुँदै टेकुतर्फ दौडिरहेको अवस्थामा महानगरीय प्रहरी  वृत कालिमाटी र काठमाडौँ महानगर प्रहरीको टोलीले राँगालाई घेरा हाली नियन्त्रणमा लिएको थियो । सबैको सहयोग र समयमै खबर पाएका कारण एउटा जीवन बचाउन सफल भएको श्रेष्ठले शब्दपाटीसँगको कुराकानीमा बताइन् । 

नेपालमा पशु कल्याण कानुन नभएकै कारण जनावरहरुलाई यातना दिन र निर्दयी व्यवहार देखाउनेहरुमा डर नभएको उनले बताइन् । भनिन्, ‘ जतिसक्दो चाँडो पशु कल्याण ऐन जारी हुनु जरुरी छ, ऐन आएपछि कारबाही भोग्नुपर्ने डरले पनि जनावरलाई गर्ने व्यवहार बदलिन्छ ’ श्रेष्ठको बताइन् । स्नेहाज केयरले यसअघि पनि बधशालाबाट भागेका यस्तै जनावरहरुको उद्धार गरिसकेको छ । काठमाडौँको बुद्धनगरबाट दुईवर्षअघि उद्धार गरि संरक्षण गरेको भैँसी मायाकुमारीको केही महिना अघि निधन भयो । बधशालाबाट भाग्दा मायाकुमारी ३ महिनाको गर्भिणी थिइन् । स्नेहाज केयरमा ल्याएपछि मायाकुमारीले बच्चा जन्माइन् । मायाकुमारीले जन्माएको बच्चालाई स्नेहाले ‘मैंचा ’नाम दिएकी छन् । स्नेहाज केयरमा रहेकी मैंचा ह्ृष्टपुष्ट देखिन्छिन् । animal-3-1740661767.JPG
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार