सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै Summer Speed अफर सार्वजनिक गरेको छ । यो अफरअन्तर्गत, 100 Mbps, 200 Mbps र 300 Mbps का वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ । साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निस्शुल्क फाइभ-जी राउटर प्राप्त गर्ने अवसर पनि पाउने छन् । यस अफरका अनुसार, डिशहोम इन्टरनेटको 100 Mbps वार्षिक जडानको (राउटर तथा भ्याट सहितको) मूल्य रु 8500, 200 Mbps वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु 11500 र 300 Mbps वार्षिक जडान (राउटर तथा भ्याट सहितको) रु 13500 रहेको छ । यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि समान रूपमा उपलब्ध छ। पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्नेछन् । नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले नजिकको डिशहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् । थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ ।