पहिरोमा पुरिएर रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु

बुधबार, असार ९, २०७८

रोल्पा । अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९  लिउनमा तीनजनाको ज्यान  गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर  पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८  वर्षीया  सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको  मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । घटनामा  परी ४०  वर्षीय  टीकासिंह बुढा, ४५ वर्षीया  सुनमाया  बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले  बताए । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भने । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार ९, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार ९, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार ९, २०७८