सोसल मिडिया
Contact Us
युनिकोड
दार्चुला । महाकाली नगरपालिका ४ बङ्गाबगडको लास्कुखोलामा ह्युम पाइपभित्र अड्कीएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्याँस गाउँपालिका ४ घर भई हाल खलङ्गा बस्दै आउनुभएका १७ वर्षीय प्रकाश खत्री र दुहुँ गाउँपालिका ४ ब्रह्मदेव घर भई खलङ्गा आर्मी गेट नजिक बस्दै आएका १२ वर्षीय रमित कुँवर रहेका छन् । महाकाली लोकमार्ग, दार्चुला तिङ्कर सडक अन्तर्गत निर्माणाधिन लास्कुखोलाको मोटरेवल पुलभित्र राखिएको उक्त पाइपमा अड्कीएर दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए । मङ्गलबार दिउँसो गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरू बगेर ह्युम पाइपभित्र अड्कीएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण निर्माणाधीन पुलभित्र सो पाइप राखेर नदी खुलाइएको थियो । पुललाई क्षति नगरोस् भनेर सो पाइप राख्न लगाइएको भए पनि पौडी खेल्ने बेला दुवै बालक अड्कीएका हुन् । नदीमा बगेर बालिका बेपत्ता नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरूसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।
डुमे्रखोलाको ड्याममा डुबेर मृत्यु
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिए । मृतक ट्रकका सहचालक हुन् ।