सोसल मिडिया
Contact Us
युनिकोड
धादिङ । खाद्यान्न संकट भोगिरहेको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ वडा नम्बर २ का लाइपुर, बाँसखोला, काफलटार, खर्च, पाञ्चलिङ, भल्टार, थरीगाउँलगायत स्थानमा आज खाद्यान्न सहयोग उपलब्ध गराइएको छ । विपन्न ६५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल दाल, तेल, नुन, चिनी, साबुन सहयोग उपलब्ध गराइएको हो । खानेकुरा सकिएर टाँकीको मुण्टा र गिट्ठा खाएर जीवनसङ्ग संघर्ष गरिरहेका अवस्थामा खाद्यान्न वितरण गर्न सहयोगी महिला जागरण मञ्चको टोली गाउँमै पुगेर सहयोग उपलब्ध गराएको छ । बीस सहयोगीबाट संकलित रकमले खाद्यान्न लिएर गाउँ पुगेको जागरण मञ्चका अध्यक्ष राधा श्रेष्ठले बताए । जागरण मञ्चको टोलीसँगै लायन्स क्लब अफ काठमाडौँले पनि खाद्यान्नसहित लत्ताकपडा सहयोग पु¥याएको छ । विभिन्न दाताबाट प्राप्त लत्ताकपडा विपन्न परिवारका सदस्यलाई उपलब्ध गराइएको क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए । खाद्यान्न पाएपछि चेपाङ, तामाङ र मगर समुदायका विपन्न परिवार खुशी भएका छन् । कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ । पार्टी कार्यालय भक्तपुरमा आज आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले तीन लाख ५१ हजार रुपैया्ँसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरे । कांग्रेसले विभिन्न नेताकार्यकर्ताबाट संकलन गरेको नगद तथा चामल दुई हजार ४७५ केजी, तेल दुई सय पोका, चिउरा, दाल, आलु, तेल, नुन, लत्ताकपडा, औषधिलगायत सामग्री बस्नेतलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा नेता बस्नेतले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बु जाने सडक सञ्जाल बाढीले बिच्छेद गरेकाले जिल्ला कांग्रेसका नेताहरूले व्यवस्थापन गरेको हेलिकप्टरमार्फत सहयोग सामग्री बुधबार पीडितलाई वितरण गरिने जानकारी दिए ।