अवैध सामानसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

बिहीबार, पुस १८, २०८१
मयुर प्लाई

काडमाडौं । रौतहट प्रहरीले अवैध किराना सामानसहित पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएको  छ ।  जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौरस्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अबैध सामानसहितको उक्त पिकअप गाडी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार प्रदेश २ ००१ च ४००० नम्बरको पिकअप भ्यानमा भन्सार छलेर ल्याएको सामान बरामद गरिएको छ । सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको  चीनी, मैदा, धनिया, रिफाइन तेल, सेवई, सुपारी बोकेको  पाइएको उनले जानकारी दिए । बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९०० रुपैयाँ मूल्याङकन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख  छ ।
पिकअप चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै सग आवश्यक सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्ला स्थित तस्करी नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको छ । नेपाल भारत सिमा क्षेत्रमा पर्ने बन्जरहा, औरैया, मन्सरी, रामपुरखाप, बंकुल नाकाबाट दिनहँु भारतीय सामग्रीहरुको चोरी निकासी हुने गर्दछ । तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको जनगुनासो आएपछि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Bigepti-1735835346.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार