ओमोडाको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी

सोमबार, पुस १५, २०८१
मयुर प्लाई

काठमाडौं । ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई अनुबन्ध गरेको छ ।  सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । 
एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो ।शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो । उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।

Photo-(29)-(4)-1735569051.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार