डायनामिक क्य्रुले राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने

सोमबार, पुस १५, २०८१
मयुर प्लाई

काठमाडौं । डायनामिक स्काउट क्य्रुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको छ । सोमबार डायनामिक स्मारिका विमोचन समारोहको आयोजना गर्दै स्काउट क्य्रुले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सव मनाएको  हो । उक्त डायनामिक स्मारिका विमोचन समारोहमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरेले डायनामिक क्य्रुले समाज र राष्ट्रका लागि आवश्यक योग्य नागरिक उत्पादन गर्ने गरेको बताएका छन् ।  उनले अहिलेसम्म डायनामिक क्य्रुले सक्षम, दक्ष नागरिक उत्पादन गर्दै अगाडि बढिरहेको बताएका हुन् । उनले भने, ‘डायनामिक क्य्रुले एउटा डायनामिक युथ प्रोड्युस गर्छ । जसले समाजका लागि, राष्ट्रका लागि आवश्यक सक्षम, दक्ष र योग्य  नागरिक उत्पादन गरिरहेको छ । अहिलेसम्मका प्रोडक्टहरु हेर्दाखेरी हामीलाई गर्व लागेको छ ।’ 
साथै उनले अहिलेको समयमा अरु भन्दा अलग हुन नसके प्रतिस्पर्धात्मक समाजमा आफूलाई उभ्याउन गार्हो हुने बताए । उनले स्काउटका लिर्डसहरुलाई अरुको भन्दा फरक काम गर्न समेत आग्रह गरे । उनले भने, ‘अहिलेको समय प्रतिस्पर्धात्मक छ । अब हामी अरु भन्दा अलग हुन सकेनौं भने, अरुको  भन्दा फरक गुण, क्यापासिटि डेभलप गर्न सकेनौं भने यो  प्रतिस्पर्धात्मक समयमा आफूलाई उभ्याउन गाहे पर्दछ । विद्यालयमा सिक्ने शिक्षा, कलेजबाट पढ्ने शिक्षा सबैले लिएका छन् । अडेनरी मान्छे बन्ने हो त्यो  शिक्षाबाट । तर स्काउटमा छौं त्यसैले अनौपचारिक शिक्षाले के गर्छ भन्दाखेरी युनिर्भसिटी, कलेज, स्कुल शिक्षा र घरमा सिक्ने अनौपचारिक शिक्षामा एउटा ग्यापको काम गर्दछ ।’

Photo-(14)-(14)-1735559825.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार