तमु ल्होसार पर्वले समाजमा आपसी सद्भावको भावनालाई मजवुत बनाएको छ : सभापति देउवा

सोमबार, पुस १५, २०८१
मयुर प्लाई

काठमाडौ‌ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको बताएका छन् । सोमबार तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले नेपाली बीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।  सन्देशमा लेखिएको छ,‘तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको छ । यो पर्वले नेपाली बीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई उर्जा प्रदान गर्न सकोस् भन्दै पुनः शुभकामना व्यक्त गर्दछु ।’
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार