त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित 

शनिबार, पुस १३, २०८१
मयुर प्लाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको हो । दीक्षान्त समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थी तथा तिनका अभिभावकको उपस्थितिले रंगशाला भरिभराउ भएको छ । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् । 
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ । 
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार