मुगुमा दोस्रो पटक हिमपात, किसानहरु खुशी

शनिबार, पुस १३, २०८१
मयुर प्लाई

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषक हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भन्दै खुसी भएका छन् ।  रारासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ ।  मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए  ।  वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुसी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडिबुटीहरु राम्रो हुने किसानहरुको आशा गरेका छ । हिमपातले पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएपछि कपास जस्तै सेताम्मे देखिएको छ । शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार