सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । यो अवधिमा दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो । सो अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ ।
कहाँ कहाँ सक्रिय सङ्क्रमित सोमबार बागलुङमा सर्वाधिक ३०५ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको भए पनि तीमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै छ । काठमाडौंमा २८५ जना, भक्तपुरमा ३३ जना र ललितपुरमा ६१ जनामा कोभिड पुष्टि भएको छ । अहिले भक्तपुरमा २,०२२ जना, ललितपुरमा २,६७९ जना काठमाडौंमा ५,५११ जना सक्रिय सङ्क्रमित छन् । अस्पतालमा हुने सङ्क्रमितको संख्या पनि घटेको छ । सङ्क्रमितमध्ये अहिले ८११ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २३७ जना भेन्टिलेटरमा छन् । सरकारी तथ्याङ्कअनुसार नेपालमा सोमबारसम्म २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने सात लाख ३१,६५३ जनाले दोस्रो मात्रा प्राप्त गरेका छन् । लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन् ।