गोकर्णेश्वरको कृष्ण मन्दिरबाट चोरिएका ११ मूर्तिसहित दुईजना पक्राउ

मंगलबार, असार ८, २०७८

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ कृष्ण मन्दिरबाट चोरी भएका ११ वटा मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका–९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका–८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका–६ का ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।  उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको थियो ।  प्रहरीमा प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई मूर्तिसहित गएराति पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–६ कपनबाट एक किलो अवैध लागूऔषध गाँजा सहित दूई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजा सेवन तथा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले प्लाष्टिकमा पोका पारी राखिएको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार ८, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार ८, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार ८, २०७८