थुनिएको मस्र्याङ्दी नदी विस्तारै खुल्दैै

मंगलबार, असार ८, २०७८

मनाङ । बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मस्र्याङ्दी नदी अहिले विस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको हो । उक्त स्थानमा थुनिएको नदी अहिले विस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णुु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहरी बल नं. ३२ गुल्म मनाङ र नेपाल प्रहरीको सहायतामा नदी खुलाइएको हो । सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर चामेबजार जाने ठूलो पक्की पुल जोगाएका हुन् । सशस्त्र प्रहरी बल नं.३२ गुल्म मनाङका गुल्मपति होमनाथ पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि मुढा काटेर पन्छ्याइएको छ । यस्तै मुरेडाँडा र हुण्डेमा भने नदी आफै खोलिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरेतापनि सर्तकता अपनाउन मनाङबासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुआतसँगै मनाङमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ । जिल्लामा चार वटा स्थानीय तह रहेका छन् । चार स्थानीय तहमध्ये चामे, नासोँ र ङिस्याङ गाउँपालिका बाढीपहिरो दुबैबाट पूर्णरुपमा प्रभावित बनेका छन् भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । नार्पाभूमीका पहिरोपिडितका लागि सोमबार सदरमुकाम चामेबाट राहतको सामग्री लगेर वितरण गरेको उनले बताए । नार्पामा माटाका घरहरु धेरै भएको र अत्यधिक पानी पर्दा घर भासिएको प्रमुख जिल्ला अधिकारी लामिछाने बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार ८, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार ८, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार ८, २०७८