भोलिदेखि ललितपुरका सरकारी–सार्वजनिक निकायलाई नियमित सेवा दिन प्रशासनको अनुरोध

सोमबार, असार ७, २०७८

ललितपुर ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले यहाँका सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका छन् । यहाँका तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ । यसैगरी प्रशासन कार्यालयले सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मङ्गलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार मात्रै गरिदिने पत्रमार्फत बताएको छ । त्यसैगरी शान्त्ति सुरक्षाको निवेदन र कानूनबमोजिम हुने मुद्दा तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य भने कार्यालय खोलिएका हरेक दिन गरिने जानकारी गराइएको छ । सेवाग्राही यदि कसैलाई रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएमा कार्यालय प्रवेशमा रोक गरिने बस्नेतद्घारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
सोमबार, असार ७, २०७८

आज साउनको दोस्रो सोमवार
सोमबार, असार ७, २०७८

आज साउनको दोस्रो सोमबार 
सोमबार, असार ७, २०७८