मेलम्ची नगरपालिका-१ का जनप्रतिनिधिद्वारा राहतकोषमा रकम जम्मा

आइतबार, असार ६, २०७८

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का जनप्रतिनिधिले एक महिनाको पारिश्रमिक नगरपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । शनिबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको वडाध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिए । कोषमा वडाध्यक्ष चौलागाईंले २६ हजार ७३० रुपैयाँ जम्मा गर्नेछन् । कार्यपालिका सदस्य सावित्री कार्कीले १२ हजार ८७० रुपैयाँ तथा वडा सदस्यसरू भीमसेन खतिवडा, खम्बासिं तामाङ र शान्ति नेपालीले प्रतिव्यक्ति नौ हजार ९०० रुपैयाँ कोषमा जम्मा गर्नेछन् । यही असार १ गते राति मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले मेलम्चीको वडा नं ६, ७, ८, ९, १० र ११ मा ठूलो धनजनको क्षति पु¥याएको छ ।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असार ६, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असार ६, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असार ६, २०७८