१० औं दिनको उपचारपछि शताब्दी पुरुष घर फिर्ता

शुक्रबार, असार ४, २०७८

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्केका छन् । उनलाई श्वासप्रश्वास, छाति,मुटुका चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरु गरिएको थियो । उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए। उनले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले  अस्पतालमा भर्ना गरेका थियौँ । उहाँमा कोरोना सङक्रमणको  पनि परीक्षण भयो ।  सङ्क्रमण  देखिएन । रक्तचाप नियन्त्रणमा आएको छ । क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । ” लामो उमेरका कारण निमोनियाले असर गर्ला भनी नौ दिन अस्पतालमा राखेर दशौँ दिनमा घर पठाएको निर्देश बज्राचार्यले जानकारी दिए । एक सातापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच  गर्ने बज्राचार्यले जानकारी दिए । अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनकी धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको थियो ।  नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका शताब्दी पुरुष जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पुरा गरी १०२ वर्षमा प्रवेश गरेका हुन् ।–रासस

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असार ४, २०७८