बाघको आक्रमणबाट दुईजना घाइते, गाउँलेकाे प्रतिकारमा बाघ म¥यो

शुक्रबार, असार ४, २०७८

कास्की ।  कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन गुरुङसमेत टाउकामा चोट लागेर घाइते भएको र दुवैको भिरचोक स्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ । स्थानीयवासीको प्रतिकारपछि बाघ मरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असार ४, २०७८