प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्री राणाले गर्ने

बुधबार, कात्तिक २१, २०८१
Global Ime Bank

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्र मन्त्री डा. आरजु राणाले गर्ने भएकी छन् । प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्र मन्त्रीले भ्रमणको संयोजन गर्न लागेकी हुन् । दुई नेताको निर्देशनअनुरूप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको हो ।  चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् । बैठकले कार्यदलको संयोजन आलोपालो गर्ने निर्णयसमेत गरेको छ जसअनुसार पहिलो एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार