राप्तीमा बाढी आए दश हजार घर परिवार प्रभावित हुने

शुक्रबार, असार ४, २०७८

बाँके । राप्तीमा बाढी आएमा दश हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ । ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ । विपद्बाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरू प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार मानिस प्रभावित हुने जनाएको छ । भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गरेका छन् । बाँकेको प्रमुख जिल्ला अधिकारी शिव गेलालेले मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका र रेडक्रसको सहभागितामा प्रतिकार्य अभ्यास गरिएको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, असार ४, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, असार ४, २०७८