बाढीपहिरो खोज-उद्धारमा सेना

बिहीबार, असार ३, २०७८

काठमाडौँ । नेपाली सेना  अविरल वर्षाबाट देशका विभिन्न भागमा भएको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा खोज र उद्धारमा जुटिरहेको छ। सेनोले मेलम्ची बाढीपहिरो प्रभावितका लागि संघसंस्थाबाट प्राप्त राहत सामग्री  हेलिकप्टरद्वारा काठमाडौंँबाट मेलम्चीसम्म ढुवानी गरी वितरण गरेको छ । बाढीका कारण भत्किएका÷पुरिएका ११ घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । काभ्रेपलाञ्चोक तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खटिएको टोलीले एक नेपाली र ३ चिनियाँको उद्धार गरेको छ । मनाङको चामेस्थित सिरनतालबाट २४  र थोंचेबाट ११  बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा पु¥याइएको छ । म्याग्दीको मंगला गाउँपालिका–४ मा पहिरामा पुरिएर सिकिस्त घाइते भीमकला बुढा मगरलाई थप उपचारका लागि हेलिकप्टरद्वारा पोखरा ल्याइएको सेनाले जनाएको छ ।   
सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा खोलाको वहाव बढेपछि खेतमा काम गरिरहेका किसान फसेको हुंँदा खोला पार गर्न पनि सेनाले सहयोग गरेको छ । मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मीको रेसुङ्गा नगरपालिका–२ का बासिन्दाका घरमा पहिराले क्षति पु¥याएकामा सेनाले उद्धार गरेको थियो । कास्कीको मादी गाउँपालिका–२ मा निर्माणाधीन सुपरमादी जलविद्युत् आयोजनाको  कलबन्दीमा सुरुङ्ग निर्माणमा संलग्न अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याउन सहयोग गरिएको छ ।

लप्ची क्षेत्रबाट २२ जनाको उद्धार
दोलखा जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट  लामाबगर फर्किदै गरेका २२  जनालाई उद्धार गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो ।  बिगु गाउँपालिकाका  उपाध्यक्ष सजिव ओलीको  अगुवाईका  डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय  सिंगटीका  प्रहरी निरीक्षक  सुशील केसीले  बताए ।उनले माथिल्लो  तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको  माथिल्लो भागमा आउने  छाँगोबाट  आउन  नसकेपछि  १२  पुरुष  र १०  महिलाको डोरी लगाएर  उद्धार गरिएको जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २१:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, असार ३, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, असार ३, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, असार ३, २०७८