विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनियर आन्दोलनमा

बुधबार, असार २, २०७८

काठमार्डौं ।  असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् । शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इन्जिनियरलाई २०७६ देखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत विद्यालय पुनर्निर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इन्जिनीयर र सब इन्जिनीयर राखी अरूलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए । सङ्घर्ष समितिले सबैलाई पुरानै दरबन्दीमा राख्नुपर्ने माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विनाविभागीय मन्त्री मोहन बानियाँलाई ज्ञापनपत्र बुझाएको छ । सबै कर्मचारीलाई पुनस्र्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० र जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको समितिले जनाएको छ । सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इन्जिनीयर र सब इन्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए। थप सङ्घर्षका कार्यक्रम केही दिनमा घोषणा गरिने उनले बताए ।

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार २, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार २, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार २, २०७८