८८ प्रतिशत कोरोना सङ्क्रमणमुक्त

बुधबार, असार २, २०७८

काठमाडौँ । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ । पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई हजार ७४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४९ नमूनाको पिसिआर परीक्षण गर्दा एक हजार ६८१ र पाँच हजार ८४१ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख १२ हजार २०२ पुगेको छ । ती मध्ये पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.३ प्रतिशत हो । मंगलबार चार हजार १८६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ४१ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ५०६ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार २, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार २, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार २, २०७८