उपत्यकाका धारामा फेरि केही दिन बिराएर मात्रै पानी

मंगलबार, असार १, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ । मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो । सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ । त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ । दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार १, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार १, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार १, २०७८