सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको बताउनुभयो । पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो । नगरका उपप्रमुख अञ्जु दहितले उनीहरुलाई पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्रीसहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको बताउनुभयो । यो कार्यक्रम वडा नं. १, २, ४ र ५ मा लागु भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो खाना खाएमा बच्चाको दिमाग र शरीरको वृद्धि विकास हुने बताए ।