पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले दिए पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स

बिहीबार, जेठ २७, २०७८

गोरखा । गोरखाका विभन्नि ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देस्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आरुघाट गाउँपालिका घर भइ पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहहरूलाई उपलब्ध गराएका हुन् । गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहहरूका लागि एम्बुलेन्स समेत गरी करिब १ करोड रूपैया बराबर सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए । त्यस्तै संस्थाले कोरोना संक्रमणका विरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिण्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहहरूलाई उपलब्ध गराएको छ । त्यस्तै ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर लगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहहरूलाई प्रदान गरिएको उनले बताए । गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा रु १२ लाख रूपैयामा खरिद गरिएको संस्थाले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार