जलवायु परिवर्तनको विषयलाई सबै मन्त्रालयले प्राथमिकतामा राख्न आवश्यक : वनमन्त्री

सोमबार, भदौ १७, २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले जलवायु परिवर्तनको विषयलाई नेपालको सबै मन्त्रालयले क्षेत्रगत नीति तथा रणनीति बनाएर प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)को तयारी कार्यक्रममा उनले अहिलेको परिस्थितिमा जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित रहेको कारणले सबै मन्त्रालयले क्षेत्रगत नीति तथा रणनीति बनाएर यसलाई मूल प्राथमिकतामा राख्न जरुरी रहेको बताएका हुन् ।  उनले भने, ‘अहिलेको परिस्थितिमा जलवायु परिवर्तन सबै क्षेत्रसँग सम्बन्धित छ । तसर्थ जलवायु परिवर्तनलाई नेपालको सबै मन्त्रालयले क्षेत्रगत नीति तथा यसको रणनीति बनाएर यसलाई मूल प्राथमिकतामा राख्नुपर्ने जरुरी छ ।’ मन्त्री शाहीले जलवायु परिवर्तनका जोखिमहरु घटाउने विषयमा सरकारले तयार पारेको एनडीसी वा क्लाइमेट एक्सन योजना कार्यान्वयनमा समुदाय सरोकारवाला निकाय र विकास साझेदारको सहयोग अपरिहार्य रहेको उनको भनाई छ । उनले भने, ‘जलवायु परिवर्तनका जोखिमहरु घटाउने विषयमा सरकारले तयार पारेको एनडीसी वा क्लाइमेट एक्सन योजना कार्यन्वयनमा समुदाय सरोकारवाला निकाय र विकास साझेदारको सहयोग अपरिहार्य रहेको छ ।’  उनले कोपमा नेपालको तर्फबाट जलवायु परिवर्तनको विषयलाई गम्भीर रुपमा लिएर जाने र सबै विषय समेटेर अधिकारमुखी अवधारणा प्रस्तुत गर्ने गरी सरकार बढ्ने प्रतिवद्धता समेत जनाए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार