सोसल मिडिया
Contact Us
युनिकोड
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा सोमबार राति अमेरिकामै निधन भएको हो । बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहनुभएका बरुवाल २०७४ साल भदौमा पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनेका थिए । झापा घर भएका बरुवाल गत वैशाखमा पारिवारिक भेटघाटका लागि न्युयोर्क गएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।-रासस