एनआरएनएबाट सरकारलाई स्वास्थ्य सामग्री सहयोग

मंगलबार, जेठ २५, २०७८

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ  । सङ्घ बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले यहाँ भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्टे«ेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।  सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिनुभयो ।बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र  छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए । 
सङ्घ बेलायतका अध्यक्ष पुनम गुरुङले  ९३  गैरआवासीय सङ्घ र ४४  व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पु¥याउन सफल भएको जानकारी दिए ।  अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पु¥याउन आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार