गैरआवासीय नेपाली संघले पठाएको  ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौै आइपुग्यो

आइतबार, जेठ २३, २०७८

 काठमाडौँ । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका  संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो । 
चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो । यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका  १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ । विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । 

पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर
नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्टे«टर वितरण गरेको छ । नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा  १०० थान अक्सिजन कन्सन्टे«टर वितरण गरिएको हो  ।  अधिकांश सरकारी स्वास्थ्य संस्था र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्टे«टर वितरण गरिएको फाउण्डेशनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । फाउण्डेशनलाई मिलरेपा ध्यान केन्द्र साँखुले अक्सिजन कन्सन्टे«टर उपलब्ध गराएको जनाइएको छ ।–रासस 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार