गोरखा धार्चेको पहिरोमा बेपत्ता चारजनाको शव भेटियो

सोमबार, साउन १४, २०८१

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ । सोमबार नेपाली सेनासहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा भएको खोजी कार्यमा चार जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ । शनिवार राति भीषण पहिरामा पाँच जना बेपत्ता भएका थिए । बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार