युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै

शनिबार, असार २२, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुँदै छ । यो खेल नेपाली समयअनुसार राति ९: ४५ बजेदखि शुरु हुनेछ । ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । ईङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म २७ खेल भएको छ । जसमा ईङल्याण्डले १९ खेल जितेको छ भने स्वीजरल्याण्डले ३ खेल मात्र जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।   इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो २०२० को युरोकपको उपविजेता बनेको थियो ।  त्यस्तै स्वीजरल्याण्डले पनि अहिलेसम्म युरोकपको उपाधि जितेको छैन । स्वीजरल्याण्डको युरोकपमा उत्कृष्ट प्रदर्शन २०२० र यहि युरोकपमा क्वाटरफाइनलसम्म पुग्नु नै रहेको छ ।  १९९६ मा पहिलो पटक युरोकप खेलेको स्वीजरल्याण्ड अहिलेसम्म ६ पटक युरोकप खेलेको छ ।

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार