छुम्बी लामा बने क्यानको प्रवक्ता

शुक्रबार, असार २१, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो । क्यानले आफ्नो निर्णयमा भनेको छ- 'संघबाट संचालन हुने विभिन्न गतिविधिहरु सम्वन्धि जानकारी एवंम सुचनाहरु विभिन्न मिडिया तथा सामाजिक संजालमा आधिकारिक रुपमा प्रवाह गर्नका लागि संघका सदस्य श्री छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो ।'

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार