विश्वकप विजेता भारतीय टोली स्वदेश फिर्ता

बिहीबार, असार २०, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फिर्ता भएको छ ।  बार्बाडोसमा फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको भारतीय टोली त्यहाँ आएको आँधीका कारण निर्धारित समय भन्दा ढिला गरी भारत आइपुगेको हो । विश्वकप विजेता भारतीय टोलीलाई भारत ल्याउनका लागि  बीसीसीआईले चार्टर्ड विमानको व्यवस्था गरेको थियो ।   भारतीय टोलीका खेलाडीहरु स्वदेश फर्किए पछि उनीहरुको विमानस्थलमै समर्थकहरुले भव्य स्वागत गरेका छन् । भारतीय टिम विशेष उडान बिहान पौने ७ बजे दिल्ली एयरपोर्टमा अवतरण भएको थियो ।

Indian-team--1720066554.jpeg
खेलाडीलाई स्वागत गर्नका लागि समर्थकहरु भने विहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । कप्तान रोहित शर्माले एयरपोर्टमा नै समर्थकहरुलाई टी–२० विश्वकपको ट्रफी देखाएका थिए । भारतीय टिम अहिले होटेलमा पुगेको छ ।  आजै बिहान ११ बजेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता खेलाडीहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने खेलाडीहरु भिक्ट्री परेडमा पनि सहभागी हुने छन् । उक्त परेडका लागि खेलाडीहरु मुम्बईको वान्खडे स्टेडियम पुग्ने छन् । 

Ind--1720066551.jpeg
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार