युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै

आइतबार, असार १६, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुदै छ । इङल्याण्ड समुह सी मा शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो । इङल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै स्लोभाकिया समुह इ मा तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको हो । स्लोभाकियाले समुह चरणका ३ खेल मध्ये एक खेलमा जित, एक बराबरी र एक हर बेहोरेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा युक्रेनसँग २-१ गोलले पराजित भएको थियो भने तेस्रो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । इङल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएको छ । जसमा इङल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो । इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्लोभाकिया यस अघि २०१६ को युरोकपमा नक आउटमा पुगेको थियो भने यो सहित दोस्रो पटक  नक आउटमा पुगेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार