अर्जेन्टिनाको कोपा अमेरिकामा लगातार तेस्रो जित

आइतबार, असार १६, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हैस्ल गरेको छ । आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरको हो । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले दुवै गोल गरेका थिए । उनले खेलको ४७औ र ८६औँ मिनेटमा गोल गरेका थिए । उनको यस कोपामा कुल चार गोल गरेका छन् । यो जितपछि अर्जेन्टिनाले समुह ए मा ३ खेलमा ९ अंक हासिल गर्दै शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट क्यानडा क्वाटरफाइनलमा पुगेको छ । समुह चरणको अन्तिम खेलमा क्यानडाले चिलीसँग गोलरहित बराबरी खेलेसँगै समुहमा दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । यो सँगै समुह ए बाट चिली र पेरु दुवै बाहिरिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार